जाडो महिनामा तपाईँको छालाको सुरक्षा गर्नको लागि सल्लाहहरू

न्यानो पानीले नुहाउनुहोस् । तातो पानीले तपाईँको छालालाई चिलाउने बनाउन सक्छ ।

घरी घरी न नुहाउनुहोस् । दिनको एक पटक मात्र नुहाउनुहोस् ।

शीत लहर चलेको बखत तपाईँले दुई दिनमा एक पट नुहाउनु पर्छ ।

नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुहोस् । त्यसपछि छाला नरम बनाउने क्रिम प्रयोग गर्नुहोस् ।

आफूलाई न्यानो राख्नको लागि सुतीको कट्टु र लुगाहरू लगाउनुहोस् ।

घर भित्र प्रशस्त मात्रामा हावा आउ जाउ गर्न दिनुहोस् र आरामदायी तापक्रम र हावामा पानीको मात्रा

कायम राख्नुहोस् ।

चर्को सूर्यको किरण र हावाहरूबाट आफूलाई सुरक्षित राख्नुहोस्

सन्तुलित आहारा लिनुहोस् र प्रशस्त पानी पिउनुहोस् ।

यथेष्ट मात्रामा सुत्नुहोस् र यथेष्ट मात्रामा व्यायाम गर्नुहोस् ।

आफ्नो ओठहरूलाई नरम बनाइ राख्नको लागि लिप बाम लगाउन नभुल्नुहोस् ।