स्वास्थ्य जाँचबारे सोधपुछहरू

म प्रौढ हुँ र मेरा कैयन् साथीहरू विभिन्न रोगहरूबाट ग्रसित छन् । म सँग लुकेर बसेको रोगहरू छन् कि छैन भन्नेबारे म जान्न चाहन्छु । एउटा रोगलाई त्यसको सुरुवातको अवस्थामा नै सबै भन्दा राम्ररी उपचार गर्न सकिन्छ भनिएको छ । हाल बजारमा त्यतिका धेरै स्वास्थ्य जाँचका विज्ञापनहरू छन् । त्यसको छनौट कसरी गर्ने भन्नेबारे मलाई थाहा छैन । सबै भन्दा महँगो नै सबैभन्दा राम्रो हो कि ?

श्रीमान चान निकै चलाक छन् र स्वास्थ्यबारे निकै सचेत छन् । तर एउटा स्वास्थ्य जाँचलाई के ले प्रभावकारी बनाउँछ ? आज उनले आफ्नो पारिवारिक चिकित्सकलाई सल्लाह मागे ।

चिकित्सक ज्यू हामीलाई स्वास्थ्य जाँच गर्नु किन आवश्यक छ ?

  • स्वास्थ्य परीक्षणको मुख्य प्रक्रिया जति सक्दो चाँडो रोगलाई पत्ता लगाउनु हो ता कि कुनै पनि जटिलताको अवसरलाई न्यून करण गर्नको लागि तिनीहरूलाई प्रारम्भिक अवस्थामा नै नियन्त्रण गर्न सकियोस्
  • मधुमेह र उच्च रक्तचाप जस्ता केही दीर्घ रोगहरूको प्रारम्भिक लक्षणहरू नहुन सक्छ तर तिनीहरूको जटिलताले प्रौढहरूमा ज्यादै ठूलो सङ्ख्या लिन सक्छ । चाँडै पत्ता लगाएर उपचार गर्नाले तिनीहरूलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्नमा मद्दत पुर्याउँछ । यी आम रोगहरूको लागि त्यस कारणले प्रौढहरूले नियमित रूपमा स्वास्थ्य जाँच गराउनु पर्छ ।
  • तिनीहरूमा जोखिमको कारक (जस्तै असन्तुलित खाना व्यायामको कमी र धूम्रपान) वा कार्यात्मक खराबी (जस्तै कान राम्रो नसुन्ने आँखा नदेख्ने वा सन्तुलनको शक्ति) रहेको वा न रहेकोबारे बुझ्नको लागि
    प्रौढहरूको लागि गरिने स्वास्थ्य परीक्षणमा जहिले पनि स्वास्थ्य पेसा कर्मीद्वारा गरिएको स्वास्थ्य जोखिम आकलन समावेश भएको हुनु पर्छ । त्यस पछि तिनीहरूको रोगको जोखिमलाई न्यून करण गर्नको लागि उपयुक्त सुधार, मार्गदर्शन निर्दिष्ट गर्न र सुझाव उपलब्ध गराउन सकिने छ ।

के स्वास्थ्य जाँचद्वारा सबै रोगहरूलाई रोकथाम गर्न सकिन्छ ?

  • स्वास्थ्य जाँचहरूद्वारा सबै रोगहरूलाई तत्काल उपचार गर्नको लागि चाँडै पत्ता लगाउन सकिँदैन । नियमित स्वास्थ्य जाँचद्वारा दीर्घ रोगहरू मात्र र केही विस्तारै बढ्दै जाने क्यान्सरहरूलाई प्रभावकारी ढङ्गले पत्ता लगाउन सकिन्छ ।
  • स्वास्थ्य जाँचहरू थकाउने खालका हुँदैनन् । प्रौढहरूले आफ्नो शरीरमा भएको परिवर्तनलाई निरन्तर रूपमा ध्यान दिनु पर्छ । यदि कुनै शङ्का भएमा तिनीहरूले चिकित्सकसँग परामर्श लिनु पर्छ जसले तयारी अनुसन्धानको लागि आदेश दिन सक्छ ।

स्वास्थ्य जाँचमा के समावेश रहेको हुन्छ ?

एउटा विस्तृत स्वास्थ्य जाँचमा व्यक्तिको स्वास्थ्य इतिहासबारे सोधपुछ, एउटा स्वास्थ्य जोखिम आकलन, एउटा शरीर जाँच र तयारी परीक्षणहरू समावेश रहेको हुनु पर्छ । एउटा सही निर्णय गर्नको लागि सबै जानकारीहरूलाई चिकित्सकद्वारा विस्तृत रूपमा आकलन गरिनु पर्छ ।

बजारमा विभिन्न स्वास्थ्य जाँचहरू र छानबिनहरू
उपलब्ध छन् । मैले कुन चाही छनौट गर्नु पर्छ ?

  • आवश्यक कुराहरू व्यक्ति व्यक्तिमा फरक हुन्छ । व्यक्तिगत अवस्थामा आधारित भएर विशेष रूपले निर्मित सिफारिसहरू तपाईँको पारिवारिक चिकित्सकले उपलब्ध गराउनु पर्छ ।
  • तिनीहरूले सामान्य रोगहरूलाई पत्ता लगाउने भएकोले र सञ्चालन गर्न बढी सुरक्षित भएकोले केही परीक्षणहरूलाई "आधारभूत" मानिन्छ यद्यपि सबैको लागि उपयुक्त हुने खालको एउटा "परीक्षण प्याकेज" छैन । अनावश्यक परीक्षणहरू समय र पैसा बर्वादी हुने भएकोले बढी परीक्षणहरू गर्नु असल हुन्छ नै भन्ने छैन । त्यस कारणले आवश्यक परीक्षण र तिनीहरू कति पटक गर्ने भन्नेबारे निर्णय गर्नको लागि एक चिकित्सक हुनु सबैभन्दा असल हुन्छ ।
  • केही छानबिनहरू बढी महगा हुन्छन् र त्यसमा सम्भावित जोखिम रहेको हुन्छ, तिनीहरू रोग लाग्ने सम्भावित जोखिम बढी उच्च भएकाहरूको लागि सुरक्षित राखिनु पर्छ ।
  • तपाईँको पारिवारिक इतिहास स्वास्थ्य सम्बन्धी इतिहास जोखिम हरू र स्वास्थ्य जाँचको परिणामहरू लगायत तपाईँको आफ्नै अवस्थामा आधारित तपाईँको आफ्नै परीक्षणहरूको श्रेणीबारे तपाईँको चिकित्सकले निर्णय लिनेछ ।

यदि मेरो परीक्षणको परिणाम सामान्य छ भने के त्यसको अर्थ म स्वस्थ्य छु भन्ने हुन्छ ?

कुनै पनि परीक्षणहरू पूर्ण रूपले सही हुँदैनन् । एउटा परीक्षणले रोगहरूलाई “गलत नकारात्मक” वा “गलत सकारात्मक” परिणाम दिने भनेर पहिचान गर्न सक्छ । यसैले केही लुकेका रोगहरूलाई परीक्षणहरूले सजिलै पत्ता लगाउन सक्दैन ।

“गलत नकारात्मक” वा “गलत सकारात्मक” को अर्थ के हो ?

  • “गलत नकारात्मक” : एउटा गलत नकारात्मक परिणामको अर्थ यो हुन्छ कि त्यो परीक्षणले एउटा रोगलाई सही ढङ्गले पत्ता लगाउन असफल हुन्छ । अर्को शब्दमा यसले रोगलाई छुटाउँछ । गलत नकारात्मकताले रोगको उपचारलाई ढिलो गराउँछ ।
  • “गलत सकारात्मक”: एक गलत सकारात्मक परिणामको अर्थ यो हो कि त्यस परिणामले एक स्वस्थ्य व्यक्तिमा केही असामान्य कुरा देखाउँछ । यसले अनावश्यक चिन्ता उत्पन्न गर्छ । प्रायजसो दोहोर्याइएको वा अझ बढी जटिल खालको परीक्षणहरू गर्न आवश्यक हुन्छ जसको परिणाम पैसा खेर जाने हुन्छ ।

यदि मेरो परीक्षणको परिणाम सामान्य छ भने के यसको अर्थ पछि गएर मलाई पुन आश्वासन दिइनेछ भन्ने हो ?

  • केही रोगहरूको कडा खालको आक्रमण हुन्छ अनि त्यसलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिँदैन यसैले परीक्षणको सामान्य परिणामको अर्थ त्रुटि विहीन स्वास्थ्य भन्ने हुँदैन ।
  • अन्य उमेर समूहमा मानिसहरू भन्दा पाको उमेरका मानिसहरूमा विभिन्न रोग विकसित हुने बढी सम्भावना हुने भएकोले तिनीहरूले आफ्नो शरीरको अवस्थामा निरन्तर रूपले ध्यान दिनु पर्छ ।
  • यदि तपाईँले आफू बिरामी भएको अनुभव गरेमा तपाईँको स्वास्थ्यबारे चिन्तित भएमा, भोक नलाग्ने वा व्याख्या नभएको शरीरको तौल घट्ने वा पेटको आनीबानीमा परिवर्तन जस्ता अनपेक्षित शारीरिक परिवर्तनहरू भएको अनुभव गरेमा, भर्खरै गरिएको स्वास्थ्य जाँचको “सामान्य” परिणामहरूको कारण यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् । तिनीहरू गम्भीर खालको रोगको प्रारम्भिक लक्षणहरू हुन सक्छन् अनि तपाईँले तत्काल स्वास्थ्य उपचार गराउनु पर्छ ।

यदि यस पटकको स्वास्थ्य जाँचले सामान्य परिणाम देखायो भने मैले अर्को जाँच कहिले गराउनु पर्छ ?

  • सामान्य सिफारिस वार्षिक रूपमा जाँच गराउनु हो किनभने त्यसलाई सम्झन सजिलो हुन्छ तर स्वास्थ्य जाँचको लागि आदर्श समय अवधिबारे मतैक्य छैन । बरु यो कुरा तपाईँको स्वास्थ्यको रिकर्ड, रोगको पारिवारिक इतिहास, र पहिलाको जाँचको परिणाम माथि भर पर्छ ।
  • केही खास जाँचहरूको आवृत्तिबारे स्वास्थ्य पेसाले सिफारिसहरू उपलब्ध गराउँछ तर व्यक्तिहरूको लागि तिनीहरूको आफ्नै अवस्था बमोजिम तयारी सल्लाह तिनीहरूको पारिवारिक चिकित्सकद्वारा दिनु पर्छ ।

स्वस्थ्य रहने सबैभन्दा प्रभावकारी विधि के हो ?

  • यसको सुरुवात एउटा स्वस्थ्य जीवन शैलीबाट हुन्छ जसमा धूम्रपानबाट टाढै रहने, दोस्रो हातको धूम्रपानबाट टाढै रहने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन र एउटा स्वस्थ्य तौल राख्ने आदि कुराहरू समावेश छ ।
  • एउटा स्वस्थ्य जीवन शैलीले रोगहरूको जोखिमलाई घटाउने मात्र होइन तर केही दीर्घ रोगहरूलाई नियन्त्रण गर्नमा पनि मद्दत पुर्याउँछ ।