उच्च रक्तचाप

उच्च रक्तचाप भनेको के हो ?

रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।

उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रहि रहन्छ ।

हंगकंगको स्थिति

हंगकंगमा उच्च रक्तचाप सामान्य छ । 2014/2015 को जनसङ्ख्या स्वास्थ्य सर्वेक्षणले 15 वर्ष वा सो भन्दा बढी उमेर भएका 27% लाई उच्च रक्तचाप भएको देखाएको थियो । उच्च रक्तचापको व्यापकता उमेरसँगै वृद्धि हुन्छ, 15-24 वर्ष उमेरका व्यक्तिहरुमा 4.5% देखि 65-84 वर्ष उमेरका व्यक्तिहरुमा 64.8% हुन्छ ।

उच्च रक्तचापको कारणहरु

  1. धेरै जसो, उच्च रक्तचाप भएका 90% मा कुनै पनि निश्चित कारणहरु हुँदैनन् र यसलाई "प्राथमिक उच्च रक्तचाप" भनिन्छ । तल उल्लेख गरिएका जोखिम कारकहरु रोगसँग सम्बन्धित हुन सक्छन् ।
  2. उच्च रक्तचाप भएका 10% लाई अन्य रोगहरु, जस्तै रेनल डिजिज (मृगौला सम्बन्धि रोग) र इन्डोक्राइन डिजिज (जस्तै मधुमेह) को माध्यमले हुन्छ ।

उच्च रक्तचापको लागि जोखिम कारकहरु

  1. धुम्रपान
  2. अधिक वजन तथा मोटोपन
  3. शारीरिक रुपमा सक्रिय नभएको
  4. अत्याधिक मात्रामा नुन खाने
  5. अत्याधिक मात्रामा मदिरा सेवन गर्ने
  6. बुढ्यौली
  7. उच्च रक्तचाप भएका पारिवारिक इतिहास (प्रथम श्रेणीका आफन्तहरु)

उच्च रक्तचापको लक्षणहरु

  1. अधिकांश रोगीहरुमा कुनै पनि लक्षणहरु हुँदैन । लक्षणहरु सामान्यतया नियमित चेक अप वा जटिलताहरु विकास हुने क्रमा पत्ता लगाइन्छ ।
  2. अत्याधिक उच्च रक्तचापले गर्दा रिङटा लाग्ने, दृष्यमा गडबडी हुने, टाउको दुख्ने, नैराश्य र थकान महसुस हुने जस्ता लक्षणहरु हुन सक्छ ।

जटिलताहरु

उच्च रक्तचापको उपचार नगरे वा नियन्त्रण नगरेमा मुटुले काम नगर्ने, कारोनरी मुटु रोग हुने, स्ट्रोक हुने, मृगौलाले काम नगर्ने जस्ता जटिलताहरु निम्त्याउन सक्छ । अनियन्त्रित रक्तचाप एक अज्ञात हत्यारा हो । प्रारम्भिक निदान र उचित उपचारले प्रभावकारी रुपमा जटिलताहरुलाई रोक्न वा कम गर्न सक्छ ।

नियमित रुपमा रक्तचापको निगरानी

धेरै जसो रोगीहरुमा कुनै पनि स्पष्ट लक्षणहरु हुँदैन । वयस्कहरुलाई नियमित रुपमा रक्तचाप मापन गर्नको लागि सल्लाह दिइन्छ । 1

रक्तचापको वर्गहरु रक्तचाप (mmHg) सिफारिसहरु
सिस्टोलिनक डायस्टोलिक
इष्टतम 120 भन्दा कम 80 भन्दा कम 2 वर्षमा पुनः जाँच गराउनुहोस् (75 वर्ष भन्दा बढी उमेर भएका हरुले वर्षको एक चोटि)
सामान्य 120-129 80-84 1 वर्षमा पुनः जाँच गर्नुहोस्
उच्च सामान्य 130-139 85-89 6 महिनामा पुनः जाँच गर्नुहोस्
उच्च रक्तचाप 140 बराबर वा सो भन्दा बढी 90 बराबर वा सो भन्दा बढी तपाईंको नजिकको डाक्टरसँग सुझावको लागि सके सम्म चाँडो परामर्श गर्नुहोस् ।

1डाक्टरहरुले विगतका रक्तचापका मापनहरु, अन्य मुटु सम्बन्धि जोखिम कारकहरु, वा लक्षित अङ्गको रोग अनुसार, समिक्षाको अवधि परिमार्जन गर्न सक्छन् ।

बिरामीहरुको विगतका मेडिकल जानकारीहरु प्राप्त गरेपछि र विस्तृत शारीरिक परीक्षण गरेपछि, डाक्टरले आवश्यक परेमा उच्च रक्तचापको कारणहरु र जटिलताहरु पत्ता लगाउन अन्य चेकजाँचहरुको लागि प्रबन्ध मिलाउनेछन्, जस्तै रगत परीक्षण, पिसाब परीक्षण, इलेक्ट्रोकार्डियोग्राम (मुटुको धड्कन चेकजाँच गर्ने), छातीको एक्स–रे परीक्षण र फन्डस परीक्षण (आँखा सम्बन्धी चेकजाँच) ।

उच्च रक्तचापको व्यवस्थापन

उच्च रक्तचापको व्यवस्थापन, बिरामीहरुको सक्रिय रुपमा स्वयं–व्यवस्थापन र स्वस्थ जीवनशैली अपनाउने प्रतिवद्धतामा भर पर्दछः

  • डाक्टरको सिफारिस अनुसार औषधि लिनुहोस् र नियमित रुपमा फलो–अपमा उपस्थित हुनुहोस्
  • रक्तचापको स्वयं–निगरानी गर्नुहास्
  • स्वस्थ जीवनशैली कायम राख्नुहोस्
  • धुम्रपान नगर्नुहोस्
  • शरीरको वजन र कम्मरको परिधि ठिक्क कायम राख्नुहोस् (BMI <23kg/m2, पुरुषको लागि कम्मरको परिधि 90 cm भन्दा कम, महिलाको लागि कम्मरको परिधि 80 cm भन्दा कम)
  • स्वस्थ खाने बानी बसाल्नुहोस् । नुन कम खानुहोस् र धेरै फलफूलहरु र तरकारीहरु खानुहोस् ।
  • कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै जगिङ गर्ने, हिँड्ने, ताई ची (Tai Chi) को अभ्यास गर्ने, पौडि खेल्ने ।, कुल मिलाएर हप्ताको कम्तिमा पनि 150 मिनेटको लक्ष्य पूरा गर्ने वा कुल मिलाएर 75 मिनेटको जोसिलो तीव्र एरोबिक शारीरिक गतिविधिहरु गर्ने (यदि तपाईंलाई मुटु रोगको जोखिम कारकहरु भएमा, कृपया व्यायाम गर्नु अघि चिकित्सा सल्लाह लिनुहोस्)
  • मदिरा सेवन नगर्नुहोस्
  • तनावलार्इ राम्रोसँग व्यवस्थापन गर्नुहोस् र सकरात्मक रहनुहोस्

रक्तचापको बारेमा थप जानकारीको लागि, कृपया यस वेबसाइटमा जानुहोस् "This link will open in a new windowप्राथमिक हेरचाह व्यवस्थामा वयस्कहरुको उच्च रक्तचापको हेरविचारको लागि हंगकंग सन्दर्भित रुपरेखा 【बिरामी संस्करण】" र "This link will open in a new windowप्राथमिक हेरचाह व्यवस्थामा बढी उमेरका वयस्कहरुको रोकथामको हेरविचारको लागि हंगकंग सन्दर्भित रुपरेखा" वा तपाईंको नजिकको डाक्टरसँग परामर्श गर्नुहोस् ।