मधुमेह मेलिटस भएका रोगीहरुको लागि आहारको निर्देशनहरु

कार्बोहाइड्रेट साटफेर (एक्सचेन्ज) विधि

"कार्बोहाइड्रेट" भनेको के हो ?

"कार्बोहाइड्रेट" भन्नाले खानामा रहेको पदार्थलाई जनाउँछ जसले रगतमा ग्लूकोजको मात्रालाई असर गर्न सक्दछ, जसमा अन्नहरुमा हुने स्टार्च, फलफूलहरुमा हुने फ्रुक्टोज, दुग्घ उत्पादनहरुमा हुने ल्याक्टोज, र गुलियो खाने कुराहरुमा हुने चिनी पर्दछ । मधुमेहका रोगीहरुले "कार्बोहाइड्रेट साटफेर" लाई वितरण गरिएको त्यस्ता उपयुक्त खाद्य पदार्थको लागि लागू गर्न सक्छन् जसमा उनीहरुको दैनिक आहारमा कार्बोहाइड्रेट हुन्छ । यसले रगतमा ग्लूकोजको मात्रालाई स्थिर राख्न सहयोग पुर्याउनुका साथै, आहारलाई अझ धेरै विविधिक पनि बनाउँछ ।

"कार्बोहाइड्रेट साटफेर" कसरी लागू गर्ने ?

कार्बोहाइड्रेट–युक्त खानाहरु खाँदा, मधुमेहका रोगीहरुले समान मात्रामा कार्बोहाइड्रेट भएको अन्य खाद्य पदार्थहरुसँग साटफेर गर्नको लागि "बार्टर" (खानाहरु साटफेर गर्ने) विधि प्रयोग गर्न सक्छन् । उदाहरणको लागि, कसैले पकाइएको एक कचौरा मात्राको चामलको सट्टा पकाइएको एक कचौरा मात्राको चाउचाउ छनोट गर्न सक्छन्, जसमा दुवै पाँच कार्बोहाइड्रेट साटफेरसँग बराबर हुन्छ ।

पकाइएको एक कचौराको मात्रा

पाँच कार्बोहाइड्रेट साटफेर (एक्सचेन्ज)

पकाइएको चामल चाउचाउको एक कचौराको मात्रा

अन्नहरु (एक कार्बोहाइड्रेट साटफेर)

1 चम्चा भरी पकाइएको चामल
कंजी (चामलबाट बनाएको खोले) * 1/2 कचौरा
म्याकरोनी (पकाइएको) * 1/3 कचौरा
चाउचाउ (पकाइएको) * 1/4 कचौरा
चामल चाउचाउ, हो फन (चामलबाट बनाइएको चाउचाउ) (पकाइएको) * 1/5 कचौरा
2 चम्चा भरी मात्राको ओट्स (जउ) (सुकाइएको)
सादा बेलेको रोटीको 1/3 टुक्रा
ठूलो सेतो रोटी (पाप्रा बिना) को 1/2 टुक्रा
सानो सेतो रोटी (पाप्रा बिना) को 1 टुक्रा
सोडा क्र्याकरको 2 टुक्रा (4 वर्गहरु)
क्र्याकरको 2 टुक्रा
* 300 ml कचौराको प्रयोग

उच्च मात्रामा कार्बोहाइड्रेट भएको तरकारीहरु र गेडागुडीहरु (एक कार्बोहाइड्रेट साटफेर)

भर्मिचेली (लामो पातलो सिङ्काको रुपमा हुने पास्ता) (भिजाइएको) * 1/3 कचौरा
भर्मिचेली (सुकाइएको) 12g
सिमि (पकाइएको) (जस्तै, कालो सिमि, एड्जुकी सिमि, कालो–आँखे केराउ, रातो सिमि) 4 चम्चाको मात्रा
आलु (लगभग एउटा अण्डाको आकार बराबर)
गुलियो आलु (लगभग एउटा अण्डाको आकार बराबर)
कमल फूलको जरा (लगभग 2 वटा अण्डाको आकार बराबर)
गाँजर (लगभग 2 वटा अण्डाको आकार बराबर)
एक भोगा मकैको 1/3 भाग
मकैको दानाको 3 चम्चाको मात्रा
* 300 ml कचौराको प्रयोग

चाइनिज डिम सम्स (Chinese Dim Sums) (एक कार्बोहाइड्रेट साटफेर)

झिङ्गे माछाको डमप्लिङ्ग (हा गाउ (Ha Gau))को 2 टुक्रा
सुँगुरको मासुको डमप्लिङ्ग (सिउ माइ (Siu Mai))* को 4 टुक्रा
साकाहारी चिउ चाउ (chiu chow) डमप्लिङ्गको 1 टुक्रा
प्यानमा–फ्राइ गरिएको सलगमको केकको 2/3 टुक्रा *
1/2 चिकेन बन
ताजा झिङ्गे माछा सहित बेलिएको चामल (चेउङ्ग फन) 3/4 टुक्रा
*यी उच्च मात्रामा फ्याट भएका डिम सम (dim sums) खानु हुँदैन

फलफूलहरु (एक कार्बोहाइड्रेट साटफेर)

1 सुन्तला (सानो)
1 किवीफल
1/2 स्याउ (मध्यम)
1/2 नास्पाती (मध्यम)
1/4 केरा (सानो)
1 औँला केरा
10 अङ्गुर (सानो)
1/4 मेवा (सानो)
ड्रागन फल (सानो)
1/3 आँप (मध्यम)
1/4 खर्बुजा (बोक्रा सहित)

दुग्घ उत्पादनहरु (एक कार्बोहाइड्रेट साटफेर)

चिल्लो पदार्थ निकालिएको दुध÷कम–फ्याट भएको दुध पाउडरको 1 कप (240 ml)
चिल्लो पदार्थ निकालिएको दुध/कम–फ्याट भएको दुध पाउडरको 3–4 चम्चाको मात्रा
वृद्ध स्वास्थ्य सेवा, स्वास्थ्य विभाग
वृद्ध स्वास्थ्य इन्फोलाइन: 2121 8080
वेबसाइटः http://www.elderly.gov.hk
यस पम्प्लेट सम्बन्धि कुनै पनि प्रश्नहरु भएमा, कृपया स्वास्थ्यसेवा विशेषज्ञहरुसँग परामर्श गर्नुहोस् ।