मोटोपन

शरीरको वजन सुचांक (BMI) अधिक वजन र मोटोपन मापन गर्ने एउटा विधि हो । यो शरीरको वजन (kg मा) लाई उचाई (m मा) को वर्गले भाग गरेर गणना गरिन्छः kg/m2। हंगकंगमा बस्ने किशोरावस्थाका चाइनिजहरुलाई, 23.0-24.9 kg/m2 भनेको अत्याधिक वजन र ≥25.0 kg/m2 भनेको मोटोपनको रुपमा वर्गीकृत गरेको छ ।

केन्द्रिय मोटोपनलाई पुरुषको लागि कम्मरको परिधि 90cm वा बढी र महिलाको लागि 80 cm वा बढीको रुपमा परिभाषित गरिन्छ ।

धेरैजसो ठूला व्यक्तिहरुले उपयुक्त नाप्ने उपकरणहरु नभएर, सिदा उभिन नसकेर वा सहयोगको कमी इत्यादिले गर्दा उनीहरुको उचाइ नाप्न सक्दैनन् । कम्मरको परिधिको नापले मोटोपनको आकलनको लागि चाँडो र व्यवहारिक तरिका प्रदान गर्दछ, विशेष गरी केन्द्रिय मोटोपनको लागि । कम्मरको परिधि शरीरको वजन सुचांकसँग धेरै मिल्न जान्छ, यसले कम्मर वरिपरीको मात्र नभएर पूरै शरीरको बोसोको मात्राको अनुमान गर्न मद्दत गर्दछ । मोटोपन सम्बन्धि स्वास्थ्य जोखिमहरु शरीरमा जम्मा भएको बोसोको मात्राले मात्र निर्धारित गर्दैन, तर कहाँ जम्मा भएको छ भन्ने कुराले पनि निर्धारित गर्दछ । केन्द्रिय मोटोपनले त्यतिनै स्वास्थ्य जोखिमहरु पैदा गर्छ जति शरीरको समग्र उच्च बोसोको प्रतिशतले गर्दछ ।

मोटोपनले थुप्रै दीर्घकालीन रोगहरुको जोखिमहरु बढाउँदछ, जस्तै स्ट्रोक, मुटु रोग, उच्च रक्तचाप, मधुमेह मेलिटस, मेटाबोलिक सिंड्रोम, पत्थरी, घुँडाको सन्धिबाथ, स्लिप एप्नोइया (sleep apnoea) र केही प्रकारका क्यान्सरहरु जस्तै कोलोरेक्टल क्यान्सर (colorectal cancer), छातीको क्यान्सर, गर्भशयको क्यान्सर र प्रोस्टेट क्यान्सर ।

कारणहरु

खानाबाट प्राप्त उर्जाले दैनिकी क्रियाकलापहरुको लागि तागत प्रदान गर्दछ र शरीरको तापक्रम कायम राख्दछ । जब चाहिने उर्जा भन्दा बढी उर्जा शरीरले सोस्दछ, तब बढी भएको अतिरिक्त उर्जा बोसोको रुपमा जम्मा हुन्छ ।

वजन बढ्नुको सामान्य कारणहरुमा निम्न पर्दछन्ः

  1. अस्वस्थ आहार, अधिक मात्रामा फ्याट वा क्यालोरीको खपत;
  2. अपर्याप्त शारीरिक गतिविधि, जसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ;
  3. बढ्दो उमेरका साथै कम पाचन शक्ति;
  4. वंशानुगत कारकहरु वा रोगहरु जस्तै, थाइराइड रोगहरु
  5. औषधिहरुको प्रतिकूल–असरहरु जस्तै, प्रणालीगत स्टेरोइडको दीर्घकालीन प्रयोग

ठिक्कको वजन कायम गर्ने

शरीरको वजन नियन्त्रण गर्ने सिद्धान्त सरल छः क्यालोरीको खपत कम गर्नुहोस् र उर्जाको उपयोगको वृद्धि गर्नुहोस् । यो स्वस्थ आहार अपनाएर र नियमित रुपमा व्यायाम गरेर गर्न सकिन्छ । यो धैर्यका साथ निरन्तर रुपमा गर्नुपर्दछ र शरीरको वजन छिटोछिटो घट्नु हुँदैनः प्रति हप्ता २ पाउन्ड भन्दा बढी घट्नु हुँदैन ।

  1. स्वस्थ खाने बानी बसाल्नुहोस् र धेरै क्यालोरी भएको खानाहरु जस्तै चिल्लो बढी भएको खाना, फ्राइ गरेको खाना र खाजाहरु जस्तै आइस क्रिम, चिप्स र चकलेटहरु नखानुहोस् ।
  2. नियमित रुपमा व्यायाम गरेर उर्जाको खपतलाई वृद्धि गर्नुहोस् । कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै जगिङ गर्ने, हिँड्ने, ताई ची (Tai Chi) को अभ्यास गर्ने, पौडि खेल्ने ।, कुल मिलाएर हप्ताको कम्तिमा पनि 150 मिनेटको लक्ष्य पूरा गर्ने वा कुल मिलाएर 75 मिनेटको जोसिलो तीव्र एरोबिक शारीरिक गतिविधिहरु गर्ने (यदि तपाईंलाई मुटु रोगको जोखिम कारकहरु भएमा, कृपया व्यायाम गर्नु अघि चिकित्सा सल्लाह लिनुहोस्)

शरीरको वजन कम गर्न गलत सोच तथा धारणाहरु

शरीरको वजन कम गर्नको लागि थुप्रै गलत धारणाहरु छन् । शरीरको वजन कम गर्न केही अप्रभावकारी र अव्यवहारिक विधिहरुको उदाहरणहरु निम्न छन्ः

  1. लेग्जाटिभ्स, ड्यूरेटिक्स वा औषधिहरु खाने जसले शरीरको वजन कम गर्छ भनी दावी गर्दछन् – तिनीहरु खतरनाक हुन पनि सक्छन् ।
  2. कार्बोहाइड्रेट आहार नखाने – केही खानाहरु, जुन धेरै तेलमा पकाएको हुन्छ, त्यसमा अझ बढी मात्रामा क्यालोरी हुन्छ
  3. कम खाना खानेः कम खाना खानाले पाचन शक्ति पनि कम हुन्छ, जसले शरीरको वजन कम गर्न झन गाह्रो बनाउछ ।

शरीरको वजन कम गर्नको लागि गलत विधि अपनाएमा स्वास्थ्यलाई असर गर्दछ । त्यसैले, हामीले स्वस्थ खाने बानी बसाल्नु पर्दछ र ठिक्कको वजन कायम गर्न नियमित व्यायाम गर्ने गर्नु पर्दछ ।