लड्नबाट रोकथाम

लडेपछि हुने परिणामहरु

2017 मा वृद्ध स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार, 65 वर्ष वा सो भन्दा बढी उमेरका समुदायमा बसोबास गर्ने 45,000 वृद्धहरु मध्य, 10.5% ले 6 महिना भित्रमा कम्तिमा एक पटक लडेको अनुभव गरेका थिए । ती लडेकाहरु मध्य, 10.2% लाई फ्र्याक्चर भएको थियो । लड्नु भनेको सबैभन्दा वृद्धहरुलाई असक्षम अवस्थामा पुर्याउने मध्ये एक हो, जसले वृद्धहरुको कार्यशैली, स्वतन्त्रता, र जीवनको गुणस्तरमा ठूलो असर पार्दछ । यसबाहेक, लड्नाले वृद्धहरुको आत्मविश्वासमा गम्भीर असर पारेको थियो— कोही त हल्का लड्नाले पनि फेरि लडिने हो कि भन्ने डरले गर्दा घरबाट निस्कन खोज्दैनन् । त्यसैले उनीहरुको सामाजिक जीवन प्रभावित भएको थियो, र उनीहरुलाई नैराश्य वा डिप्रेशनको जोखिममा पारेको थियो । यदि लडेपछि वृद्धहरु उठ्न वा मेडिकल सहायता लिन असफल भए भने लड्नु भनेको घातक समेत हुन्छ ।


लड्नको लागि जोखिम कारकहरु

कुनै कारण बिना कोही पनि लड्दैनन्–लड्नु भनेको प्रायः थुप्रै जोखिम कारकहरुको अन्तर्कि्रयाका कारण हुन्छः

  • कमजोर दृष्टि
  • कमजोर सन्तुलन जस्तै, पार्किङङ्गसन्स डिजिज (Parkinson's disease) (स्नायु प्रणालीमा हुने एक प्रकारको रोग), स्ट्रोक वा डेमेंशिया (dementia)
  • जोर्नी वा हिँड्दा समस्या जस्तै घुँडा, स्ट्रोकको सन्धिबाथ (osteoarthritis)
  • रिङटा लाग्ने जस्तै. कार्डियक अर्रिथ्मिया (cardiac arrhythmia) (अनियमित रुपमा मुटु धड्किने रोग), पोस्चरल हाइपोटेन्सन (postural hypotension) (बसेर उठ्दा रक्तचाप कम हुने अवस्था)
  • औषधिहरुको प्रतिकूल असरहरु जस्तै, एन्टि—हाइपरटेन्सिभ (anti-hypertensive) वा हिप्नोटिक (hypnotics) को प्रयोगले गर्दा रिङटा लाग्ने वा कमजोर सन्तुलन हुने
  • मूत्र असंयमितताको कारण तनाव
  • अनुचित लुगा लगाएको जस्तै धेरै लामो वा धेरै खुकुलो
  • घरमा वातावरणीय जोखिमहरु जस्तै. चिप्लो भुईं, पर्याप्त मात्रामा उज्यालो नभएको, भुईंमा अवरोधहरु भएको, र घरमा अनुपयुक्त फर्निचरहरु भएको

धेरै पक्षहरुमा रोकथाम

लड्नबाट बच्न सकिन्छ तर विभिन्न जोखिम कारकहरुलाई सम्बोधन गर्न बहु–पक्षीय दृष्टिकोण आवश्यक छ । वृद्धहरुलाई उनीहरुको मांशपेशीहरु बलियो बनाउन र उनीहरुको लचिलोपना, सन्तुलन तथा समन्वयलाई सुधार गर्न बाराम्बार व्यायाम गर्न सल्लाह दिइन्छ (जस्तै ताई ची (Tai Chi)) । उनीहरुले लड्ने जोखिमहरुलाई कम गर्नको लागि निम्न उपायहरुमा पनि ध्यान दिनुपर्छ ।


लड्नबाट रोकथामका उपायहरु

1. घरमा रहेका वातावरणीय खतराहरुदेखि साबधान रहनुहोस्

हिँड्ने बाटो सफा राख्नुहोस्
  • भुईंमा रहेका नचाहिने वस्तुहरु हटाउनुहोस् । हिँड्ने सतहहरु सुक्खा राख्नुहोस् । भुईंलाई चिल्लो नबनाउनुहोस् ।
  • ढोकाको सँघारमा गाडा रङ लगाउनुहोस् वा चम्किलो–रङको टेप लगाइदिनुहोस् ।
उपयुक्त फर्निचर
  • उपयुक्त उचाई भएको स्थिर कुर्सीको छनोट गर्नुहोस्
  • चक्का भएको सोफाहरु, होचो कुर्सीहरु, फोल्डिङ कुर्सीहरु वा कुर्सीहरुमा नबस्नुहोस्
  • उभिन सजिलोको लागि हातले दुवै पट्टि समात्न मिल्ने सुविधा भएको कुर्सीहरुको छनोट गर्नुहोस्
पर्याप्त मात्रामा उज्यालो
  • नाइटलाइट (रातको समयमा मधुरो प्रकाश दिने सानो बत्ती) वा बिस्तारा छेउको ल्याम्प जडान गर्नुहोस्
  • बत्तीको स्वीचहरु सजिलो ठाउँमा राख्नुहोस्
भान्छा र शौचालयको सुरक्षा
  • भुईंमा म्याटको रुपमा कपडा प्रयोग गर्नुको सट्टा नचिप्लिने म्याटको प्रयोग गर्नुहोस्
  • बाथरुमहरुमा नचिप्लिने टाइलहरुको प्रयोग गर्नुहोस् । बाथटबमा नचिप्लिने टेपहरु लगाउनुहोस् र समात्न मिल्ने बारहरु जडान गर्नुहोस् ।

2. उपयुक्त हुने खालको लुगाहरु र जुत्ताहरुको छनोट गर्नुहोस्

लुगाफाटा
  • फिट हुने लुगाहरु लगाउनुहोस् – धेरै लामो वा धेरै खुकुलो लुगाहरु नलगाउनुहोस्
  • सजिलैसँग लगाउन मिल्ने र खोल्न मिल्ने खालको लुगाहरु छनोट गर्नुहोस्
जुत्ता
  • ठिक्क फिट हुने जुत्ताहरु लिनुहोस्
  • नचिप्लिने सोलहरु भएको जुत्ताहरुको छनोट गर्नुहोस्
  • सोल च्यात्तिएको जुत्ताहरु बदल्नुहोस्
  • बाहिर जाँदा चप्पलहरु नलगाउनुहोस् वा कोठा भित्र हिँड्दा मोजामात्र लगाउनुहोस्
  • जुत्ताको तुनाहरु राम्रोसँग बाँधिएको छ भनी सुनिश्चित गर्नुहोस्, वा भेल्क्रो स्ट्राप र जिप्परसँग अनुकुल मिल्ने खालको जुत्ता लगाउनुहोस्

3. स्वयंको–हेरचाह र घरायसी कामहरु सुरक्षित रुपमा गर्नुहोस्

शरीरको हलचल
  • तपाईंको क्षमता बढी छ भनेर नठान्नुहोस् । शरीरको मुद्राहरु परिवर्तन गर्दा विस्तारै गर्नुहोस् (जस्तै बिस्ताराबाट उठ्दा, उभिदा)
  • सन्तुलन आवश्यक पर्ने कामहरु गर्दा बसेर गर्नुहोस् जस्तै, ट्राउजरहरु लगाउँदा
उर्जाको संरक्षण – धेरै बस्नुहोस्, कम उभिनुहोस्
  • घरको कामहरु गर्दा बसेर गर्नुहोस् जस्तै, लुगामा आइरन लगाउँदा, खाना बनाउँदा इत्यादि
  • हलुका र गाह्रो घरायसी काम गर्दा आलो पालो गर्नुहोस्
आवश्यक वस्तुहरु सहजै पहुँच गर्न सकिने ठाउँमा राख्नुहोस्
  • चाहिने वस्तुहरु जस्तै मोबाइल फोन, वालेट, चाबीहरु र लुगाहरु कम्मर देखि पाखुराको उचाईसम्म राख्नुहोस्
माथि जाने वा तल झर्ने काम नगर्नुहोस्
  • आवश्यक परेको समयमा उपयुक्त साधनको प्रयोग गर्नुहोस् जस्तै, आफ्नो हातले नभेट्ने ठाउँमा सजिलै भेट्ने खालको साधन, सफा गर्ने रडहरु, लामो–ह्यान्डल भएका सुहर्नहरु इत्यादि
जोखिमपूर्ण चालहरुबाट बच्नुहोस्
  • सहयोग चाहिएमा माग्नुहोस्
सहायक उपकरणहरुको प्रयोग गर्नुहोस्
  • लड्नबाट–बचाउने उपकरणहरुको प्रयोग गर्नुहोस्ः हातले नभेट्ने ठाउँमा सजिलै पुग्ने लामो–ह्यान्डल भएको उपकरणको प्रयोग गर्नुहोस्, लामो–ह्यान्डल भएको सुहर्न र सकिङ्ग सहायताहरु
  • हिँड्दा सहायता पुर्याउने उपकरणहरुको प्रयोग गर्नुहोस्ः वाकिङ्ग फ्रेम, क्वाड्रिपड्सहरु, हिँड्नको लागि लाठीहरु
  • लडेपछि फ्र्याक्चरको जोखिम कम गर्न हिप प्रोटेक्सन प्यान्टहरु लगाउनुहोस्

4. बाहिर जाँदा होसियार रहनुहोस्

बाहिर जाँदा होसियार रहनुहोस्
  • एकै चोट्टि धेरै काम गर्ने वा हत्तारिने नगर्नुहोस्
  • सीढि र एस्केलेटरहरुबाट माथि जाने र तल झर्ने क्रममा साबधान रहनुहोस् र साथ साथै ह्यान्डरेल समात्नुहोस्
  • आपतकालीन अवस्थाहरुको लागि जहिल्यै एउटा हात खाली राख्नुहोस्

5. सामाजिक स्रोत साधनहरु बुद्धिमानीका साथ प्रयोग गर्नुहोस्

घरेलु काम
  • वृद्ध व्यक्तिहरुले घरायसी कामहरु व्यवस्थापन गर्ने क्रममा कठिनाईहरु भागेमा परिवारको सदस्यहरुसँग काम बाँडफाँड गर्नको लागि सल्लाह गर्नुपर्छ । यदि आवश्यक भएमा उनीहरुले खाना वितरण सेवा, घरेलु सहायता सेवा, र घरको हेरचाह सेवाको लागि आवेदन दिनको लागि विचार गर्न सक्छन् ।
परिवार हेरचाह
  • परिवारको सदस्यहरुले आराम सेवा वा डे केयर सेन्टर सेवाको बारेमा विचार गर्न सक्दछन्, यदि उनीहरु अस्थायी रुपमा वृद्धहरुको हेरचाह गर्न सक्दैनन् वा वृद्धहरुलाई स्वास्थयलाभ केन्द्रको आवश्यक छ भने ।
एक्लै बस्ने वृद्धहरु
  • एक्लै बस्ने वृद्धहरुले व्यक्तिगत सुरक्षा अलार्म वा वृद्धहरुको लागि विशेषरुपमा डिजाइन गरिएको मोबाइल फोन प्रयोग गर्ने बारेमा विचार गर्न सक्दछन् ।

लड्नबाट बच्नको लागि व्यवस्थापन

पहिले लडेको भए पनि वा नलडेको भएपनि वृद्धहरुले उनीहरुको लड्न सक्ने जोखिमको मूल्याङ्कन गर्नुपर्छ । लडिसकेपछि, वृद्धहरुले निम्न कुराहरु गर्नुपर्छः

शान्त रहनुहोस् ।

कत्तिको धेरै चोटपटक लागेको छ भनी मूल्याङ्कन गर्नुहोस् । यदि गम्भीर चोटपटक लागेको छैन भने शरीरलाई विस्तारै सार्नुहोस् ।

भित्ता वा स्थिर फर्निचर सम्म विस्तारै सर्नुहोस्, त्यसपछि फर्निचरको सहायताले विस्तारै उठ्ने प्रयास गर्नुहोस् ।

यदि तपाईं उठ्न सक्नु भएन भने, तपाईंले फोनबाट कल गरेर, सहायताको लागि व्यक्तिगत आपतकालीन लिङ्क सेवा मार्फत सहयोग माग्नु पर्दछ वा मुख्य ढोका खोलेर ठूलो स्वरमा मद्दतको माग्न सक्नु हुन्छ ।

यदि कतै घस्रिएको छ भने, घाउलाई पहिले सफा गर्नुहोस् ।

यदि कुनै स्पष्ट घाउ नदेखिए पनि, यदि तपाईंलाई शरीर चलाउन वा गम्भीर दुखाई भएमा तपाईंलाई फ्र्याक्चर भएको हुन सक्ने हुँदा तपाईंले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।

लड्नबाट रोकथामको थप जानकारीका लागि, कृपया यसमा जानुहोस्ः https://www.elderly.gov.hk/english/healthy_ageing/healthy_living/falls.html